बर्दघाट नगरपालिकाको भवन उद्घाटन




नवलपरासी ः प्रदेश नम्बर पाँचको पूर्वीद्धार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको नवर्निमित भवनको शुक्रवार एक समारोहबीच प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले त्रिवेणीधाम लगायत पर्यटकीयक्षेत्रलाई प्रदेश नम्बर पाँचमा ल्याउनका लागि आफूले सक्दो पहल गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । प्रदेशले पहल गर्छ । – अधिकारीले भने –यसका लागि संघीय सरकारको समेत सहयोग आवश्यक छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष शिवशंकर रायले मदरबाबा र त्रिवेणीधामलाई पश्चिम नवलपरासीमा ल्याउन पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बर्दघाट नगरको नवनिर्मित भवन ४ करोड १२ लाख लागतमा बनेको जानकारी दिए ।
समारोहमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मराशिनी दिब्यज्योति बहुमुखी क्याम्पसका अध्यष बृहस्पति अधिकारी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेयलगायतले बोलेका थिए । कार्यक्रम नगरप्रमुख धीरज शर्मा बस्यालको अध्यक्षता उपप्रमुख मायादेवी पौडेलको स्वागत पुस्कर काफ्लेको संचालनमा भएको थियो ।
प्रमुख अतिथिको अन्योल र विवादबीच भवन उद्घाटन
बर्दघाट नगरपालिकाको नवर्निमित भवन उद्घाटन गर्न पुर्व अर्थमन्त्री एंव सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेल आउने पक्कापक्की थियो ।
तर कार्यपालिका बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले वहालवाला मन्त्री बाहेकलाई प्रमुख अतिथि बनाउन नसकिने अडान लिए ।
बिष्णु पौडेललाई ल्याउने भए हाम्रो असहमति रहन्छ –दुई दिन अघि भएको बैठकमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले भनेको कुरा उदृत गर्दै स्रोतले बतायो ।
अन्तिम समयमा आएर विवादित ठाउमा आउन बिष्णु पौडेल समेत सहमत भएनन – नेकपा सम्बद्धले स्रोत भन्छ – यस्तो विवादित ठाउमा आउन उनी किन मान्थे र ?
कार्यपालिकामा विवाद भएपनि पौडेल नै लाई ल्याउने कसरत भएपनि पौडेल हक्चेपछि अन्तिम समयमा तुहिएको थियो ।
त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले भवन उद्घाटन गर्ने हल्ला हुदैं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले उद्घाटन गर्ने भनिएको थियो ।
तीनदिन अघि नेकपा महासचिव पौडेलले उद्घाटन गर्ने कार्यक्रम भन्दै निम्तो बाँडिएको थियो । तर अन्तिम समयमा पौडेल नआएपछि कार्यक्रममा उपस्थिति समेत समेत भएको थियो । पौडेल, पोखरेल, चौधरी र हरिजनको चर्चा भएपनि अन्तिम समयमा भने प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीबाट भवन उद्घाटन भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ६ जना वडाध्यक्षकोे अडानका कारण अन्तिम समयमा आएर बिष्णु पौडेललाई प्रमुख अतिथि गराउने प्रयास तुहिएको हो । यो अडानको शुरुवात बर्दघाट वडा नम्बर १६ का वडाध्यक्ष तथा नेपाल तरुण दलका जिल्ला सभापति सुकबहादुर गुरुंगले गरेका थिए । बिष्णु पौडेललाई ल्याउने भए हाम्रो विरोध रहन्छ – उनले भने – वहाल वाला मन्त्री आए हाम्रो बिरोध हुन्न भन्यौ ।
अन्तिम समयमा बिष्णु पौडेललाई नल्याउने सहमति भएपनि काँग्रेस सम्बद्ध ५ जना वडाध्यक्ष भने कार्यक्रममा देखिएनन् । कार्यक्रमलाई काँग्रेस सम्बद्धहरुले अघोषित रुपमा बहिस्कार गरेका थिए । तर गुरुंगले आफुहरुले कार्यक्रम बहिस्कार नगरेको दावी गर्छन । बिष्णु पौडेललाई नल्याउने भएपछि कार्यक्रममा हाम्रो सहमति हो – गुरुंगले भने – बहिस्कारै त होइन केही साथीहरु जानुभएको थियो ।
बिष्णु पौडेललाई ल्याए तरुण दलले कालो झण्डा देखि बिरोधका कार्यक्रम तयारी गरेको समेत बताइएको थियो ।
प्रमुख अतिथि कसलाई बनाउने भन्ने अन्योलका कारण भवन उद्घाटन कार्यक्रमको शिलालेखमा समेत बिष्णु पौडेलको नाम ढाक्न स्टिकर टांगिएको थियो ।
प्रमुख अतिथिको विवाद बारे बर्दघाट नगर कार्यपालिकाका प्रवक्ता रविन्द्र बिक्रम हमालले प्रमुख अतिथि बारे कार्यपालिकामा कुरो उठेको स्विकार गरे । बैठकमा कुरो उठेको हो अरु केके भयो थाहा भएन – उनले भने ।



सम्बन्धित
Loading...