कावासोतीमा नयाँ नोट काण्डः चिनेजानेका, आफन्त र पहुँचवालालाई बोलाई बोलाई सर्वसाधारण जिल्ल
नवलपरासी, १८ असोज ।
दशैंमा राष्ट्र बैंकले सबैका लागि नयाँ नोट वितरण गर्न बैंक बैंकमा नयाँ नोट पठाएको भए पनि सर्वसाधारणले भने पाउन सकेनन् ।
कावासोतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले विहीबार विहान १५ मिनेट मात्र सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न टोकन वितरण गरेको भए पनि लगतै आएका सर्वसाधारणहरुलाई बाँकी भोलि अर्थात शुक्रबार वितरण हुन्छ भनेर फर्कादिएका थिए ।
विहीबार फर्किएका सर्वसाधारण शुक्रबार फेरि वितरण होला भनेर १० नबज्दै राष्ट्रिय बाणिज्य बैंकमा पुगेको भए पनि कर्मचारीहरुले नयाँ नोट सकि सक्यो भनेर फर्कादिएका थिए ।
बैंकका कर्मचारीहरुले सर्वसाधारणलाई त्यसरी फर्कादिएका भए पनि आफन्त, चिनेजानेका, कर्मचारी, बैंकका कर्मचारीसँग पहुँच भएका, कार्यालयका प्रमुखहरु, पत्रकार लगायतलाई बैंकमै बोलाई बोलाई ५ हजार देखि ९/१० हजारसम्म नयाँ नोट वितरण गरेको थियो ।
बाणिज्य बैंकले विहीबार कसैलाई साँझ ४ बजेपछि त कसैलाई ५ बजेपछि खुल्ला र नयाँ नोट लिन बोलाएका थिए र सोही अनुसार वितरण गरेको थियो ।
