भारतीय नोट सहित एक व्यक्ति नियन्त्रणमा
खग प्रसाद चापागाई –
कपिलवस्तु, १८ असोज। सस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरिरमा लुकाई छिपाई भारत लैजादै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतिय रुपैया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेट स्थित चेकपोष्टबाट चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारत तर्फ सो रकम लैजादै गर्दा दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाईने तयारी गरिएको शसस्त्र प्रहरी नम्बर २८ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए ।
