हुलाकी पत्र दैनिक तेस्राे बर्षमा




पार्वती पाण्डे –
कावासाेती । नवलपुरको कावासाेतीबाट प्रकाशित हुलाकी पत्र दैनिक पत्रिका तेस्रो बर्षमा प्रवेश गरेकाे छ ।

तेस्राे बर्ष प्रवेसकाे अवसर पत्रिकाले बार्षिकाेत्सव कार्यक्रम गरेकाे छ ।




कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बिश्नु कुमार कार्कीले यस पत्रिकाले सुचनाको रुपमा भुमिका खेलेको भन्दै जिल्लालाई नमुना जिल्लाको रुपमा स्थापना गर्न अझ भुमिका खेल्नु पर्ने जनाए।
कार्यक्रममा नेपाल पत्रकार माहासघ गण्डकी प्रदेस उपाध्यक्ष नारायण शर्मा महासंघ नवलपुर अध्यक्ष होमराज रानाभाटले नवलपुरको विकासमा यस हुलाकीले गरेको समाचारको प्रसम्सा गर्दै कार्यक्रममा बोल्ने बक्ताहरूले पत्रिकाको प्रगतिको कामना गरेको थियो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, प्रेस संगठनका केन्द्रिय सदस्य विद्रोही गिरी, प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र पराजुली, डब्लुडब्लुजे नवलपुरका अध्यक्ष भुसाल, घनश्याम बगाले लगायतले शुभकामना वयक्त गरेका थिए । कार्यक्रम बेस्ट मिडिया एवम् हुलाकी पत्रका अध्यक्ष नवीन पौडेल को अध्यक्षतामा भएको थियो।



सम्बन्धित
Loading...