नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु
परासी – पश्चिम नवलपरासीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। सरावल गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गएराति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो ।उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
