कावासोतीको मौलाकालिका फर्निचर उद्योगमा आगलागी

शोभा जिसी –
नवलपरासी, २३ असोज । पूर्वी नवलपरासीको कावासोती ८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।
आगलागीबाट फर्निचर उद्योगको केही भाग जलेर नष्ट भएको भए पनि क्षतिको विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

राति साढे ११ बजेतिर शुरु भएको आगलागी कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीले करिब १ घण्टा लगाएर नियन्त्रणमा लिएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।