नवलपरासीबाट ७१ हजार नगदसहित जुवाको खालबाट १० जना पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपरासी, २६ असोज । पूर्वी नवलपरासीको गैडाकोट भैसाखोरीबाट प्रहरीले जुवाको खालबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले गैडाकोट १० भैसाखोरीको राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँ सहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार गैडाकोट १० का ४० बर्षीय इन्द्र राना, २५ बर्षीय सुजन बराल, २५ बर्षीय देव गुरुङ, ३१ बर्षीय मनोज गुरुङ, ३९ बर्षीय थिरबहादुर महतो, ४४ बर्षीय संजय अधिकारी, ३४ बर्षीय भिम रावल, ३१ बर्षीय सुनबहादुर सुनारी मगर, २५ बर्षीय अनिल सुनार र ३३ बर्षीय घरधनी राजकुमार सुनारलाई पक्राउ गरेको हो ।
पक्राउ गरेका माथि आवश्यक कारवाहीका लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...