जबरजस्ती करणीको आरोपमा कावासोतीको मगरकोटमा दुई जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी, २७ असोज । जिल्ला प्रहरी कार्यालय नवलपुरले जबरजस्ती करणीको आरोपमा दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
कावासोती नगरपालिका १० मगरकोटका २३ बर्षीय कृष्ण महतो र १६ बर्षीय अस्मित कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले सँगै चटपट खाएर घर फर्कने क्रममा ति युवतीलाई घर नलगी खोलामा लगेर जबरजस्ती करणी गरेको युवतीले जनाएकी छन् । प्रहरीले युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको जनाएको छ ।
पक्राउ परेका युवाहरुलाई थप अनुसन्धान भईरहेको र जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी भएको नवलपुर प्रहरीले जनाएको छ । पीडित युवतीका आफन्तका जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

