जुवाडे पक्राउ गर्ने क्रम बढ्योः नवलपरासीको सोलटाँडी होटलबाट ६७ हजार नगद सहित ५ जना जुवाडे पक्राउ
शोभा जिसी –
नवलपरासी, २७ असोज । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ मा रहेको सोलटाँडी होटलबाट ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति २ बजेको समयमा ६७ हजार ५ सय ९५ रुपैयाँ नगद सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले कावासोती १४ का ३८ बर्षीय मदन श्रेष्ठ, ४५ बर्षीय मोतिराम महतो, कावासोती ३ का ४० बर्षीय प्रेमबहादुर थापा, कावासोती ९ का ४४ बर्षीय भोजराज गिरी र कावासोती १५ का २७ बर्षीय युवराज महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

