हत्या आरोपमा पक्राउ सांसद आलम निलम्बित




संघीय संसद सचिवालयले हत्या आरोपमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलमको सेवा सुविधा खोसिएको सूचना जारी गरेको छ। हत्या आरोपमा रौतहट प्रहरीबाट आइतबार पक्राउ गरिएका आलमलाई संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार निलम्बन गरिएको सूचना संघीय संसद सचिवालयले जारी गरेको हो।

संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै आलमले सांसद पदबापद पाउने सुविधान निलम्बन  गरिएको जनाएका हुन्।




जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई जिल्ला अदालत रौतहटको पक्राउ पूर्जीअनुसार पक्राउ गरिएको प्रहरीबाट जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै सचिव गौतमले उक्त सूचना जारी गरेका छन्।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएको हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको गौतमले जनाएका छन्।




सम्बन्धित
Loading...