निकुञ्जमा दाउरा काट्न जाँदा गैडाको आक्रमणमा परी एक जनाको मृत्यु, एक जना घाइते




दाउन्ने न्यूज –
नवलपरासी, २७ असोज । नवलपरासीको कावासोतीमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दाउरा खुलेको बेला दाउरा काट्न जाने क्रममा गैडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
नमुना सामुदायिक मध्यवर्ती सामुदायिक वनमा दाउरा काट्न जाने क्रममा कावासोती १३ गैरी निवासी बर्ष ६५ का गोरे तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
सोमबार विहानै घरबाट दाउरा काट्न निस्केका तामाङ अबेरसम्म सम्पर्कमा नआएपछि हात्तीको साहरामा उनको खोजी गरिएको थियो ।
तामाङ मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोमबार नै गैडाको आक्रमणमा परी अर्का एक जना घाइते भएका छन् ।
सोमबार विहान साढे ९ बजेतिर दाउरा खोज्न गएकी कावासोती १३ गैरीकी आशा गुरुङ गैंडाको आक्रमणबाट घाइते भएको नमुना मध्यवर्ती सामुदियक वनका अध्यक्ष खिलबहादुर गुरुङले बताए । मध्यवर्ती सामुदायिक वनले वनमा दाउरा खोलेका कारण उपभोक्ताहरु निकुञ्जको मध्यवर्ती क्षेत्रमा दाउरा काट्न गएका थिए ।
गम्भीर घाइते गुरुङका भरतपुरमा उपचार भईरहेको छ ।




सम्बन्धित समाचार

कावासोतीमा गैडाको आक्रमणबाट घाइते 

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कुकुर, हात्तीदेखि ड्रोनसम्म प्रयोग

गैँडाको आक्रमणबाट एकको मृत्यु 




सम्बन्धित
Loading...