महन्थ, पुजारी र गुठी संस्थानका कर्मचारीको मिलेमतोमा सयौ विघा जग्गा अतिक्रमण


पत्रपत्रिका 

 



जनकपुरधाममा मठ मन्दिरका सयौ विघा जग्गा अतिक्रमणमा परेपनि सम्बन्धित निकायले गम्भिरता नदेखाउदा अतिक्रमणकारीहरुको आत्मबल बढेको छ । मठमन्दिरको संरक्षक बनेका महन्थ र पुजारीहरूले नै गुठी संस्थानका कर्मचारी र जग्गा कारोबारीसँग साठगाँठ गरी जग्गा अतिक्रमण गर्ने र त्यसलाई निजीमा परिणत गराउने कार्यमा संलग्न रहेको देखिएको छ ।

जनकपुरधाम उप महानगरपालिका–२३ लादोबेलामा रहेको विभिन्न मन्दिरअन्तर्गतका ४२ बिघा जग्गामध्ये करिब २० बिघा भूमाफियाहरूको सक्रियतामा अतिक्रमण भइसकेको राजधानी दैनिकमा  समाचार प्रकाशित छ । अतिक्रमित जग्गाहरूमा सयौं घर बनिसकेका छन् बस्ती नै बसिसकेको छ तर ती जग्गा संरक्षण वा अतिक्रमणमुक्त बनाउन गुठी संस्थान वा कतैबाट कुनै प्रयास भएको देखिँदैन ।




वडा नं २३ स्थित बेलाकुटी मन्दिरअन्तर्गत रहेको १८ बिघा जग्गामध्ये १२ बिघाभन्दा बढीमा कुटीका पूर्वमहन्थको नाममा धनेश्वर बस्ती नै बसाइएको छ । सो बस्तीमा २ सय ८ जनाले अवैध रूपमा महन्थ र गुठी संस्थानको मिलोमतोमा घर बनाई बसोबास गर्दै आएका छन् । जनकपुर उपमहानगरपालिका २३ का वडाध्यक्ष शत्रुधन पाण्डेले दिनदहाडै मन्दिरको जग्गा समाप्त हुँदा पनि कुनै निकाय गम्भिर नहुनु दुर्भाग्य भएको प्रतिक्रिया दिए ।

मन्दिरका स्वर्गीय महन्थ धनेश्वर दासको २०६१ सालमा मृत्यु भएपश्चात् उनकी मृत आमा सीतादेवीको नाममा भूमाफियाहरूले २०६३ सालमा अर्कै महिलाको फोटो टाँसी किर्ते नागरिकता बनाई सोको आधारमा मालपोत कार्यालय धनुषामा रहेको स्रेस्तामा फोटो प्रमाणित गरी जग्गा रजिस्ट्रेसन पास गराउने प्रयास गरेका थिए ।



सम्बन्धित
Loading...