गैडाकोटमा स्कूल बसको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु
रामकुमार श्रेष्ठ –
नवलपरासी, २८ असोज । पूर्वी नवलपरासीको गैडाकाटमा मंगलबार स्कूल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
विद्यालय कम्पाउण्ड भित्र साइकलबाट झर्ने क्रममा गैडाकोट नगरपालिका १२ हर्कपुरको जनता माविको ना ५ ख ६०२६ को बसको ठक्करबाट बालिकाको मृत्यु भएको हो ।
सोही विद्यालयमा केजीमा अध्ययनरत ५ बर्षीया बालिका सानीमाया डिस्वा मगरलाई स्कुल बसले ठक्कर दिएको हो । स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

