जलवायु परिर्वतन सम्बन्धि जागरण अभियान परासीमा
उर्मिला यादव यात्री –
कार्तिक १ सुनवल । एम्नेष्टी नेपाल गु्रप ३१ पश्चिम नवलपरासीले जलवायु परिर्वतन सम्बन्धि जागरण अभियान कार्यक्रम परासीमा गरेको छ ।
एम्नेष्टी नेपाल गु्रप ३१ पश्चिम नवलपरासीका संयोजक हुसेन अन्सारीको संयोजकत्वमा पmयुचर लाइट एकेडेमी परासीमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पmयुचर लाइट एकेडेमी परासीका कक्षा आठ, नौ र दशमा अध्ययनरत बिद्यार्थीहरुलाइ जलवायु परिर्वतनको कारण, यसको तत्व र यसबाट हुने हानी नोक्सानी र यसको नियन्त्रणका बिषयमा एम्नेष्टी नेपाल गु्रप ३१ पश्चिम नवलपरासीका निर्बतमान अध्यक्ष तथा जलवायु अभियन्ता बिजय कुमार जैसवालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक अमृत कुमार चौधरी , शिक्षक सदन पौडेल , कक्षा ८ , ९ र १० का बिद्यार्थी ,एम्नेष्टी नेपाल गु्रप ३१ परासीका संयोजक हुसेन अन्सारी, निवर्तमान अध्यक्ष तथा जलवायु अभियन्ता बिजयकुमार जैसवाल लगायतको सहभागिता रहेको थियो ।

