धनुषाकाे सबैला नगरपालिकामा शिक्षकहरुले लगाईदिए ताला




कार्तिक ३ धनुषा। धनुषा जिल्लाको सबैला नगरपालिकाको कार्यालयमा नगरका शिक्षकहरुले ताला लगाईदिएका छन् ।

वडा दशैं, दिपावली जस्ता चाडवाडका भत्ता र समयमा तलबसमेत नपाएको भन्दै उनीहरु ३ दिनको समय दिएर तीन दिनअघि नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । तर, समयमा सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको शिक्षकहरुको भनाई छ ।




यता, सबैला नगरपालिकाका मेयरले अधिकृतलाई स्वास्थ्यमा समस्या भएर बिदामा रहेका कारण समयमा तलब उपलब्ध गराउन नसकेको बताए । उनले एक दुई दिन भित्र शिक्षकहरुको माग पूरा हुने बताए।



सम्बन्धित
Loading...