कावासोतीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

पूर्वी नवलपरासीको कावासोतीमा सर्पको डसाईबाट एक जनाको मृत्यु भएको छ ।
सर्पकोे टोकाईबाट कावासोती नगरपालिका १५ गोडारका बर्ष ४० का नमिन्द्र पाण्डेकोे मुत्यु भएको हो ।
शनिवार पाण्डेलाई आफनै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको जनाइएको छ ।
पाण्डेलाई उपचारका लागि भरतपुर अस्पतालमा पु¥याइएको भए पनि उनको डाक्टरले मृत्यु भईसकेको घोषणा गरेका उनको पारिवारिक स्रोतले जनाएको छ ।