मोटरसाइकलको ठक्करबाट पैदल गस्तीमा रहेका दुई जवान घाइते

नवलपरासी, ४ कात्तिक । नवलपरासीमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई मोटरसाइकलले ठक्कर दिंदा सशस्त्र प्रहरीका २ जना सहित ३ जना घाइते भएका छन् ।
पैदल पेट्रोल गस्ती गरेर फर्कने क्रममा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चोरमाराको गस्ती टोलीलाई ग ७ प ५२९९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ मा मादक पदार्थ सेवन गरेर आएका मध्यविन्दु ३ का अर्जुन माझीले चलाएको मोटरसाइकलले गस्ती टोलीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी सशस्त्र प्रहरी जवान लालसिंह तामाङ गम्भीर घाइते भएका छन् । उनको चितवनमा उपचार भईरहेको छ । त्यसैगरी दुर्घटनामा परी अर्का सशस्त्र प्रहरी जवान डम्बर खप्तरी र मोटरसाइकल चालक अर्जुन माझी घाइते भएका छन् ।
मोटरसाइकल प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहेको छ ।