काग्रेसलाई नयाँ जीवन दिन देउवाले विश्राम लिनुपर्छः महामन्त्री कोईराला




मिना कंडेल –
नवलपुर, ४ कात्तिक । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसले नयाँ जीवन पाउन देउवाले विश्राम लिनु पर्ने बताएका छन् ।
सोमबार नवलपरासीको गैडाकोटमा नेपाली काँग्रेस गैडाकोट ९ ले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोद्धन गर्दै उनले यस्तो बताए ।
उनले भने – तेह्रौ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भए पनि पार्टीले खासै उपलब्धि हासील गर्न सकेन अब चौधौं महाधिवेशनबाट पार्टीमा आमुल परिवर्तन हुने गरी नेतृत्व आउनु पर्छ, अब देउवाले बिश्राम लिएर मार्ग प्रशस्त गर्नु पर्छ ।
उनले देउवा सभापतिमा नदोहोरिने बताउँतै महाधिवेशनबाट नयाँ सभापति आउने दावी गरे । डा. कोइरालाले देउवालाई पार्टी सभापति छाडेर सम्मानित व्यक्तित्व भएर बस्न आग्रह समेत गरे ।
महामन्त्री डा. कोइरालो नेपाली काग्रेस एक ढिक्का भएर अघि बढनु पर्नेमा समेत जोड दिए । उनले काँग्रेस र एमाले मिलेर संविधान ल्याएकोले संविधान रक्षाका लागि काँग्रेस र एमाले दुवै मिलेर लाग्नु पर्नेमा पनि जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले वर्तमान सरकारले बाटो विराएका कारण अब संसद र सडकबाट कडा आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
उमा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद तथा जिल्ला सभापति बिष्णु लामिछाने, चितवन पार्टी सभापति जीत नारायण श्रेष्ठ, संघीय सांसद सत्यनारायण खनाल संविधान सभा सदस्य महेन्द्रध्वज जिसी लगायतले बोलेका थिए ।



सम्बन्धित
Loading...