विप्लवका जिल्ला सदस्य रेग्मी पुन पक्राउ

नवलपरासी, ५ कात्तिक । विप्लव नेकपाका नवलपुर जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई प्रहरीले पुन नियन्त्रणमा लिएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ बस्ने ६० बर्षका रेग्मीलाई दुम्किबास प्रहरीको टोलीले सर्दीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनलाई प्रहरीले मंगलबार विहान १० बजेतिर नियन्त्रणमा लिएको हो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा राखिएको छ । रेग्मी यस अघि पनि पक्राउ परेर छुटेका थिए ।