नवलपुरमा राति नौ बजेपछि देउसी भैलो खेल्न नपाईने




शाेभा जिसी –

कावासाेती । नवलपुरमा राति ९ बजे पछि तिहारमा देउसी भैलाे खेल्न नपाईने भएकाे छ ।




जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले आज सूचना जारी गर्दै राति ९ बजे पछि देउसी भैलाे खेल्न प्रतिबन्ध लगाएकाे हाे ।

प्रशासनले तिहार र छठलाई सभ्य भएर मनाउन आग्रह गरेको छ ।
प्रशाशनद्वार होटेल संचालकहरुलाई राती नौ बजेपछि मदिरा बिक्री वितरण पूर्ण रुपमा बन्द गर्न आग्रह समेेेत गरेेेेेकाेे छ।
यस्तै लागू पदार्थ तथा जुवातासलाई रोक लगाएकाले विकृतभन्दा सद्भावका रूपमा मनाउन आग्रह गरिएको छ । पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गर्दै त्यस्तो गरिएकाे पाईए कारवाही गर्ने जनाएकाे छ ।



सम्बन्धित
Loading...