राष्ट्रपति भण्डारी म्यानमार र जापान भ्रमण सकेर स्वदेश फिर्ता


राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको भ्रमणबाट स्वदेश फिर्ता भएकी छन्। उनी बुधबार राति जापानबाट काठमाडौं आइपुगेकी हुन्।



राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन्।



सम्बन्धित
Loading...