दलदलेको दुई पसलमा चोरी

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दलदले बजारमा गएराति दुई वटा पसलमा चोरी भएको छ ।
दलदलेको शिवशक्ति मार्वल एण्ड हार्डव्र्यर पसल र फ्रेन्ज शु–सेन्टरमा चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा २३ ब्यक्ति संलग्न रहेको सि सि क्यामेरा फुटेजमा देखिएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।