ट्रयाक्टर दुर्घटनामा परि चालक र सहचालकको मृत्यु

नारायण खड्का,
दाङ, कात्तिक ८ । रुकुम पश्चिममा भएको ट्रयाक्टर दुर्घटनामा परि चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको छ ।
सानिभेरी गाँउपालिका वडा नं. १ निवासी ट्रयाक्टर चालक २२ बर्षका महेन्द बिक र सोही ठाँउ निवासी सहचालक २७ बर्षका चन्द्रबहादुर बिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले चौरजहारीे बजारबाट सिमेन्ट लगेर पुर्तिमकाँडा जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
बिहीवार बेलुका साढे ७ बजेतिर चौरजहारी नगरपालिका वडा नं. ९ स्थित सानीभेरी गाँउपालिकाको सीमाना क्षेत्र सल्यानी पँधेरा भन्ने स्थानमा ट्रयाक्टर सडकदेखि २० मिटर तल खसेको प्रहरीले बताएको छ । प्रहरीले दुबै जनाको शव भने रातको साढे ११ बजेतिर मात्रै घटनास्थलबाट उठाएर अस्पताल पु¥याएको थियो । राति साढे १० बजे मात्रै दुर्घटना बारे प्रहरीलाई खवर आएको हुँदा घटनास्थल पुग्न र शव ल्याउन ढिला भएको डिएसपी खड्काले जानकारी दिए ।
मापसे गरि चलाएको हुँदा दुर्घटना चालकले मदिरा सेवन गरि चलाएका कारण ट्रयाक्टर दुर्घटनामा परेको डिएसी खड्काले बताए । ‘चालकको पकेटमा हामीले मदिराको बोत्तल नै फेला पारेका छौं,’ डिएसपी खड्काले भने ‘ड्रिङ्क ड्राईभको कारण दुर्घटना भएको देखिएको छ।’
मदिराले मातेका चालकले चलाएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।