भलिबल उपाधि मध्यविन्दु २ ‘ए’ लाई
कावासोती, ९ कात्तिक । पूर्वी नवलपरासीको कावासोती १४ मा भएको वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मध्यविन्दु २ ए ले हात पारेको छ ।
मध्यविन्दु २ बीलाई पराजित गर्दै ए समूहले उपाधि जितेको हो । निकै प्रतिपर्धात्मक भएको उक्त खेलको अन्तिम सेटमा मध्यविन्दु २ ए १५-११ ले विजयी भएको हो । २५-२३, २२-२५, २५-१६ र १५-११ को सेटमा मध्यविन्दु २ ए विजयी भयो ।
महिलातर्फ पनि मध्यविन्दु २ ए नै विजयी भयो । मध्यविन्दु २ ए ले कावासोती १५ लाई २५-१८, २५-१४ र २५-२० को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार नगद तथा प्रमाणपत्र हात पार्यो भने उपविजेता टिमले २० हजार रुपैयाँमा हात पारेको छ । वडास्तरीय खेलकुद विकास समितिको आयोजनामा कात्तिक ६ गतेदेखि भएको उक्त खेलमा मध्यविन्दु २ ए का घनश्याम चौधरी उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ मध्यविन्दु २ की निर्मला चौधरी उत्कृष्ट भइन् ।
खेलमा खुल्ला पुरुषतर्फ २५ टिमको सहभागिता थियो भने महिलातर्फ ८ टिमको सहभागिता थियो ।
