भारतमा एकै परिवारका दुईजना सहित तीन नेपालीको हत्या




भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ शुक्रबार हत्या भए पनि आइतवार मात्रै जानकारी भएको छ। बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका बैतडीका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए।

हरे र बीरा सहदोर दाजुभाइ हुन्।  उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्ष यतादेखि मजदुरी गर्दै आइरहेको परिवारले जनाएको छ। हरे बोहराकी श्रीमती किर्रा बोहरा फरार रहेकीले घटनाको उनको संलग्नता हुन सक्ने आशंका गरिएको उपप्रमुख बोहराको भनाइ छ।




मृतकहरुको शव पिथौरागढ जिल्ला अस्पतालमा राखिएको र सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने जनाइएको छ। बीरा केही महिनाअघि मात्रै दाजुभाउजुलाई भेट्न भनेर पिथौरागढ गएको र उतै मजदुरी गर्दै आएका थिए। तीनै जनाको सामूहिक हत्या भएकाले कसले गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन।



सम्बन्धित
Loading...