प्रेस युनियन नवलपुरको शुभकामना आदानप्रदान

गैडाकोट । प्रेस युनियन नवलपुरले शुभकामना तथा चियापान कार्यक्रम गरेको छ ।
दशैंतिहार छठ, नेपाल सम्वत लगायतका पर्वहरुको अवसर पारेर युनियनले गैडाकोटमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डक प्रदेश सभाका प्रतिपक्षदलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्र विनार संचार र संचार विना लोकतन्त्र रहन नसक्ने बताए ।
उनले अहिलेको सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रता सिद्धाउन खोजेको आरोप समेत लगाए ।
प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा भएको कायृक्रममा
नेपाली काङ्ग्रेसको नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका सांसद विष्णु लामिछाने, प्रेस युनियनको केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाली काँग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, पूर्व सांसद महेन्द्रध्वज जिसी, मदनभक्त्त अधिकारी, भानु सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।