दीपावली गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु




महोत्तरी । दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ  ।

लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका-८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



दीपावली मनाउँदा घर जलेर चार वर्षीय बालकको मृत्यु

टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।



सम्बन्धित
Loading...