आजको राशिफल – कात्तिक १२ गते २०७६




मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 




वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) 

बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) 

गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )  

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । धेरै कामहरूबाट एउटै लाभ मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।



सम्बन्धित
Loading...