प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस आज

अस्वस्थ भई ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज मृगौलाको डायलाइसिस गरिँदैछ। बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएकाे अस्पताल स्राेतले जनाकारी दिएकाे छ।
डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो। साँझ भने उनलाई क्याबिनमा सारिएको थियो। प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो।
पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन्। शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ। दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ।