प्रचण्डले ओलीलाई भेटेः अवस्था सामान्य छः प्रचण्ड

उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालनमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको नेकपाका अध्यक्ष प्रचण्डले जनाएका छन् ।
उपचारमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटघाट पछि उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भने – अहिले अवस्था सामान्य छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिती बुझ्न नेकपा अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको दोस्रो डायलासिस सकिएको प्रचण्डले बताए ।
अस्पताल प्रशासनले प्रचण्डलाई प्रधानमन्त्रीको स्वास्थ्य स्थितीवारे जानकारी दिँदै संक्रमण नभएको जानकारी दिएको थियो ।
बिहीबार प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘भर्खर एउटा डायलासिस भएपछि रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ ।’
प्रधानमन्त्री ओलीसँग आफ्नो सामान्य कुराकानी भएको उनले सुनाए । ‘समस्या छिटोछिटो देखा पर्यो, अहिले ठीकै छ भन्नुभयो’, प्रचण्डले भने, डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।’