देवचुली नगरपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता शुरु, पहिलो दिन चार खेल सम्पन्न




नवलपुर । पूर्वी नवलपरासीको देवचुली ७ मा शुक्रवारबाट देवचुली नगरपालिकाको वडास्तरीय भलिवल प्रतियोगितामा शुरु भएको छ । पहिलो दिन शुक्रबार ४ खेल सम्पन्न भएका छन् ।
लालीगुराँस युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा नगरपालिका भित्रका खेलाडीहरुलाई समेटिएको ८ टिमको सहभागिता रहेको छ ।
शुक्रबार भएको पहिलो चरणको खेलमा देवचुली ८ आँपटारी, देवचुली ९ समूह ए, जनजागृति युवा क्लव देवचुली ९ विशालटार र देबचुली ६ मुण्डेले सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको आयोजक क्लवका सचिव कृष्ण पाठकले बताए ।
प्रतियोगिताको उद्घाटन देवचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठले गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने खेल संयोजक प्रविण थापाले बताए ।



सम्बन्धित
Loading...