छोरीलाई पटक पटक बलात्कार गर्ने बावु पक्राउ




बारा। छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बाराको कोल्हवी २ निवासी ३८ बर्षका बुवाले २२ बर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप पीडित छोरीले लगाएकी छिन् ।




प्रहरीका अनुसार पीडित महिलाले विवाह पछि घरमा कुरा नमिलेर माइतै बस्दै गरेकी छोरीलाई बाबुले पटक पटक जबरजस्ती करणी गरेको बयान दिएकी छिन् । उनले बिहीबार प्रहरीसामू उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



सम्बन्धित
Loading...