जुवाखालबाट प्रधानमन्त्री ओलीको एडीसी सहित ८ जना पक्राउ

काठमाडौं । नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित ८ जना जुवाखालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेका मेजर शाहीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको प्रहरी सामु बयान दिएका छन् ।
प्रहरी स्रोतका अनुसार जुवाखालमा उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा मेजर राजेन्द्र शाही, बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेका छन् ।