डोटी बस दुर्घटनाका ९ जना घाइते हेलिकोप्टरमार्फत काठमाडौँ लगियो


कात्तिक १६, २०७६



डडेल्धुरा : डोटीमा शनिबार बिहान भएको बस दुर्घटनाका नौं जना घाइतेलाई काठमाडौँ लगिएको छ।

यहाँ उपचार सम्भव नभएपछि नौं जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो। काठमाडौँ रिफर हुनेमा नेपाली सेनाका जवान उज्वल देवकोटासहित डोटी सलेनाकी ३० वर्षीया रेश्मा लुहार, ३७ वर्षीया मैना तिरुवा, आयुश विक, ठेगना नखुलेका ३८ वर्षीय मदन जेठारा, विक्रम लुहार, ईश्वरी केसी र अछामका मुकेश कुँवर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज प्रहरी नायव निरीक्षक मोहन धामीले जानकारी दिए।




बस दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा घाइते भएका थिए। नेपाल प्रहरी र नेपाली सेनाका आठ जना पनि घाइते भएका थिए। उनीहरूसँग चारजना कुरुवा पनि काठमाडौँ गएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस ६ बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

महेन्द्रनगरबाट बाजुरातर्फ गइरहेको ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा शनिबार बिहान ५ बजे दुर्घटना भएको थियो।



सम्बन्धित
Loading...