नवलपरासीको दुम्किबासमा जिप दुर्घटनाः बर्दघाटको पंगेनीको मृत्यु
शोभा जिसी –
नवलपरासी, १६ कात्तिक । पूर्वी पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ अरुणखोला र दुम्किबास बीच जंगलमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको बलेरो जिप शनिबार साँझ आफै अनियन्त्रित भई सडकबाट दायाँ साइडमा रहेको रुखमा ठक्कर खान पुगेको थियो ।
दुर्घटनामा परी बलेरोमा सवार पशिचम नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने अन्दाजी ३० बर्षको ढाकाराम पंगेनीको निधन भएको हो ।
गम्भीर घाइते पंगेनीको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा परी बलेरो चालक पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ८ निवासी ३२ बर्षीय सन्तोष डमरकोटी गम्भीर घाइते भएका छन् ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।


