दशै तिहारमा नवलपुरमा ६१ जना जुवाडे पक्राउ, ९ लाख बढी बरामद

रामकुमार श्रेष्ठ –
नवलपुर । दशैं र तिहारको अवधिमा नवलपुर प्रहरीले पाँच स्थानबाट ६१ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट ९ लाख बढी नगद समेत बरामद गरेको छ।
देशभर प्रहरीले दशैं तिहार लक्षित गरी जुवाडे पक्राउ गर्ने क्रममा नवलपुरमा पनि जुवाडे पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ९ लाख २ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ ।
प्रहरीले सबैभन्दा बढी नवलपरासीको देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
कौवा खेलिरहेको अवस्थामा ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ सहित २८ जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालमा तिहारको समयमा अत्याधिक जुवा तास लेखिने गरिन्छ ।
पक्राउ पर्नेमा देवचुली ११ का ३३ बर्षीय अम्मर गुरुङ, देवचुली ५ का ३१ बर्षीय विजय शाही, ४२ बर्षीय ठाकुरप्रसाद पोखरेल, देवचुली १५ का ३२ बर्षीय शम्भु रानाभाट, ३४ बर्षीय दिलबहादुर टण्डन, देवचुली ३ का ३८ बर्षीय नेत्रनारायण पोखरेल, देवचुली १३ का ४८ बर्षीय मेघराज शर्मा लगायतका रहेको छन् ।
त्यसैगरी प्रहरीले कौडाको खालबाट देवचुली १४ का ३२ बर्षीय रोशन भण्डारी, ३३ बर्षीय विरेन्द्र वस्नेत, ३२ बर्षीय अन्जान वस्नेत, ३० बर्षीय सलमान मिया, ४० बर्षीय कृष्णकुमार श्रेष्ठ, ५६ बर्षीय मन विक, देवचुली १५ का ३३ बर्षीय तिलककुमार आले, देवचुली ११ का ३६ बर्षीय सुमान आले, देवचुली ८ का ३४ बर्षीय बाबुराम चापागाई लगायतका रहेका छन् ।
त्यसैगरी देवचुली १३ का ३७ बर्षीय प्रकाश न्यौपाने, ३२ बर्षीय रामप्रसाद अर्याल, ३१ बर्षीय सरद पौडेल, ४२ बर्षीय नवराज शर्मा, ४८ बर्षीय सूर्य घिमिरे, २४ बर्षीय शौरभ खनाल, देवचुली २ का ४० बर्षीय शिव बानियाँ, ३९ बर्षीय मनबहादुर कुमाल, देवचुली १ का ३८ बर्षीय सुभाष ओझा, २६ बर्षीय अरुणबहादुर चौधरी, ४६ बर्षीय भुमि भण्डारी र देवचुली ९ का ३९ बर्षीय ऋषिराम सुवेदी रहेका छन् ।
उनीहरुको साथबाट नगद सहित प्रहरीले १ थान कौडा बोर्ड र १६ थान कौडा समेत बरामद गरेको छ । उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा राति साढे १२ बजेतिर नियन्त्रणमा लिएको हो ।
नवलपरासीको देवचुली नगरपालिका ६ मुण्डेको आधार रिसोर्टबाट प्रहरीले १ लाख ४२ हजार ९ सय ४० रूपैयाँ नगद सहित १८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा देवचुली ९ का ४२ बर्षीय चिनबहादुर गुरूङ, ३७ बर्षीय प्रेम बराल, देवचुली ८ का ३८ बर्षीय रन मगर, ३७ बर्षीय भीमबहादुर झेडी मगर, ४० बर्षीय धनबहादुर पुलामी मगर, ४२ बर्षीय धनबहादुर सारू मगर, ३८ बर्षीय शिव मगर, ४२ बर्षीय यमबहादुर बाचे, २९ बर्षीय प्रदिप मक्की, ३७ बर्षीय खड्ग बीरककट्टा रहेका छन् ।
त्यसैगरी देवचुली ११ का २१ बर्षीय अमृत ढुंगाना, २१ बर्षीय सन्देश भुसाल, ३२ बर्षीय शंकर भट्टराई, देवचुली १२ का ३९ बर्षीय केदार काफ्ले, ३८ बीरबहादुर दर्लामी, देवचुली १४ का १९ बर्षीय मिलन रानाभाट, देवचुली ७ का ३४ बर्षीय रामप्रसाद अधिकारी र २९ बर्षीय सुलभ थापा मगर रहेका छन् ।
त्यसैगरी दशैंको समयमा पूर्वी नवलपरासीको गैडाकोट १० भैसाखोरीको राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँ सहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ मा रहेको सोलटाँडी होटलबाट ५ जना जुवाडेलाई प्रहरीले कौडाको खालबाट नियन्त्रणमा लिएको छ ।