तनहुँमा करेन्ट लागेर युवकको मृत्यु




दमौली । तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ ।

निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए।



सम्बन्धित
Loading...