नेकपाले तोक्यो उपनिर्वाचनका लागि उम्मेदवार (नामसहित)




काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवार छनोट गरेको छ ।

आइतबार बसेको सचिवालयको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।




नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल (डिपी)लाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरि बाग्लुङ २ खमा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ भने धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



सम्बन्धित
Loading...