डेढ घण्टा लगाएर यसरी गरिएको शंकास्पद वस्तु डिस्फोज (भिडियो सहित)
नवलपरासी । पूर्व पश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको लोकाहा खोला पुल नजिकै सोमबार विहान भेटिएको शंकास्पद वस्तु डिस्फोज गरिएको छ ।
उक्त वस्तु वम नभएर टिनको पातामा बालुवा ढुंगा जस्ता वस्तुहरु बेरिएर राखिएको पाइएको नेपाली सेनाको वम डिस्फोजल टोलीले जनाएको छ ।
झण्डै डेढ घण्टा लगाएर शंकास्पद वस्तु डिस्फोज गरिएको थियो । जसका लागि पूर्वपश्चिम लोकमार्ग डेढ घण्टा अवरुद्ध भएको थियो । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्फोज गरेको हो ।
उक्त शंकास्पद वस्तु विप्लव नेकपाले राखेको हुन सक्ने अनुमान गरिएको छ ।
भिडियो
https://www.youtube.com/watch?v=2DAJgrK7m_I