टी–२० क्रिकेटमा बंगलादेशद्वारा भारत पहिलो पटक पराजित
बंगलादेशको जितमा मुशफिकर रहीमले शानदार प्रदर्शन गर्दै ४३ बलमा ६० रनको योगदान गरे ।
बंगलादेश विरुद्धको टी–२० मा भारतीय बलरको प्रदर्शन बिर्सनलायक रह्यो । पहिले ब्याटिङ्ग गरेको भारतले ६ विकेटको क्षतिमा १ रन ४८ रन बनाएको थियो ।
उसका लागि शिखर धवनले ४१, श्रेयश आय्यरले २२, ऋषव पन्तले २७ रनको योगदान दिएका थिए । १४९ रनको लक्ष्य बंगलादेशले तीन बल बाँकी हुँदा तीन विकेटको क्षतिमा भेट्टायो ।
बंगलादेशका लागि विकेटकिपर ब्याट्सम्यान मुशफिकर रहीमले ६० रन बनाए भने सौम्य सरकारले ३९ तथा मोहम्मद नईमले २६ रनको योगदान गरे ।
