जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा एक जनालाई प्रहरीले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
सुनवल नगरपालिकाकी एक महिलालाई गत कार्तिक १० गते मध्यराति जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा सुनवल ९, स्वाठी बस्ने ३० बर्षीय नागु राय भन्ने निराज रायलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय सुनवलले सुनवलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए । उनलाई जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।