काठमाडाैंका ५ ठाउँमा जुवाविरुद्ध प्रहरी अपरेशन, एकैरात ४३ जना पक्राउ


गएराति प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवाविरुद्ध अपरेशन चलाएको छ । प्रहरीले काठमाडाैंका पाँच स्थानमा जुवा अपरेशन चलाएको हो ।



प्रहरीको अपरेशनका क्रममा करिब ९ लाख नगदसहित ४३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर र बौद्ध प्रहरीले गएराति एकै समयमा जुवा अपरेशन चलाएको थियो ।



सम्बन्धित
Loading...