चितवनमा अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ

चितवन । चितवनमा बिहीबार विहान अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
पूर्वीचितवनको राप्ती नगरपालिका–६ हर्दीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दुईजनाबाट प्रहरीले मेडइन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान र लोड गरिएको अवस्थामा ५ राउण्ड गोली बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पेस्तोलसहित पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।