गढीमाईको चर्चित मेला आजदेखि शुरु




बारा । पाँच वर्षमा लाग्ने गढिमाई मेला आज (आइतबार)बाट शुरु भएको छ । पशुवलीका लागि विश्व प्रशिद्ध वारा वरियापुमा रहेको गढिमाई मेलामा भक्तजनहरु आउने क्रम शुरु भएको छ ।

गढिमाई मेला अवधिभर ५०/६० हजारको संख्यामा पशुवलि दिइन्छ । बारा वरियारपुरस्थित गढीमाई मन्दिर पशुबलीका लागि प्रसिद्ध छ । भाकल पुरा गर्नका लागि विशेषगरि बोका, रागाको वलि दिने गरिएको छ ।




मेलामा बोका तथा रागासहित १ लाख पशुवलि दिइने गढीमाई बली ब्यवस्थापन समितिले जनाएको छ । गढीमाईको मौलिक, सास्कृतिक धार्मिक महत्व रहेको, शताब्दियौदेखि मेला चलिआएको तथा मेलाको धार्मिक पर्यटनमा ठुलो सम्भावना रहेको गढिमाई मन्दिरका मूल पुजारी मंगल चौधरीको भनाई छ ।

पाँच वर्षमा लाग्ने मेला नियमीत हुने भएपछि गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति वरियारपुर र महागढीमाई नगरपालिका वरियारपुर बाराले संयुक्त रुपमा दशैको घटस्थापनाका दिन शोभा यात्रा गरेको थियो ।

गढिमाई मेला आइतवारबाट शुरु भएको भएपनि मंसिर १७ गते राती विधिवत पुजाआराधना गरेपछि १२ बजेको शुभ साईत जुराई ब्रम्ह स्थानमा पञ्चबलीका लागि पुजारी दुःखा धामीले नर बलीको रुपमा आफ्नो जिब्रो छेडेर निकालेको रगत चढाउनेछन ।

त्यसपछि बोका, मुसा, कुखुरा, सुङ्गुर, हाँस र भारतको बनारसका डोम राजाले पठाएका रागाको बली दिएपछि सम्पूर्ण रागा र बोकाको बली शुरु हुन्छ । गढीमाईलाई साक्षी राखेर भाकल गर्दा मनोकामना सिद्ध हुने भन्दै भक्तजनले बोका, रागाको बली दिने गरेका छन ।



सम्बन्धित
Loading...