आलमले कारागारबाटै दिए रौतहट प्रहरी प्रमुखलाई धम्की
पत्रपत्रिका
कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्।
आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन्।
गिरीले आइतबार दिउँसो नक्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए। भेटपछि आलमले हिन्दीमा लेखेका मागपत्र कारागार प्रशासनलाई बुझाएका छन्। स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ।
मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएको समाचार कान्तिपुर दैनिकमा छ।
