नवलपरासीको हुप्सेकोटमा बोलेरो पल्टँदा ३ घाइते




शोभा जिसी –

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा बुधबार बोलेरो जिप पल्टँदा ३ जना घाइते भएका छन् ।
लु १ च ४०६३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
नवलपुर प्रहरीका अनुसार गिरुवारी झ्यालबासबाट डण्डातर्फ आउँदै गरेको जीप हुप्सेकोट १, बेलहानीमा दुर्घटना हुँदा जीप चालक आदित्य कानु मगर, जिप मालिक नारायण पाण्डे र लालमाया ठाडा मगर घाइते भएका हुन् ।



सम्बन्धित
Loading...