जिल्ला समन्वय समिति पाल्पाका प्रमुखकाे निधन




जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । उहाँको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराइरहनुभएका बस्यालको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । विसं २००९ मा बगनासकाली गाउँपालिका–६ यम्घा थामडाँडामा जन्मनुभएका बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित थिए।




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेश कमिटी सदस्यसमेत रहनुभएका बामपन्थी नेता बस्याल नेकपा जिल्ला कमिटीका प्रमुख र किसान सङ्घका केन्द्रीय सदस्यसमेत बनेका थिए । बस्यालको शुक्रबार पाल्पामा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन्।



सम्बन्धित
Loading...