गाडीको ठक्करबाट पैदयात्रुको मृत्यु
कञ्चपुरको कृष्णपुर नगरपालिका २ बन्दा नदीनजिक गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। गएराति पैदल हिँड्दै गरेका ३० वर्षीय रामबहादुर रोकायाको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको हो।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशीक अस्पताल धनगढी पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैन बहादुर साउदले बताए। पैदल हिडदै गरेका अर्का महाकाली नगरपालिका २ राम बहादुर ठगुन्ना सोही गाडीको ठक्करबाट घाइते भएका छन्। घाइते ठगुन्नाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
मृतक रोकाया कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया घर भई कृष्णपुरमा काकाको घरमा बस्दै आएका थिए। मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। स्थानीयले पैदल यात्रीलाई ठक्कर दिने गाडीको तत्काल खोजी गरी कार्वाही र मृतकका परिवारलाई क्षतिपूर्तीको माग गर्दै आज राजमार्ग केही बेर अवरुद्ध गरेका थिए।
प्रहरीले ठक्कर दिने गाडीको खोजी गरि मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने अश्वान दिएपछि अवरुद्ध सडक सुचारु भएको छ।