लिभरपुलको संघर्षपूर्ण जित, लेस्टरले ब्राइटनलाई हरायो


इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले अपराजित यात्रा कायम राख्दा दोस्रो स्थानको लेस्टर पनि विजयी भएको छ ।



प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले ले क्रिष्टल प्यालेसमाथि २–१ को जित निकालेको छ ।

क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा लिभरपुललाई जितका लागि कठिन संघर्ष गर्नुपरेको हो । खेलको ४९ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।




तर खेलको ८२ औं मिनेटमा जाहाले क्रिष्टल प्यालेसका लागि बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि नै रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितपछि शीर्ष स्थानको लिभरपुलको १३ खेलबाट ३७ अंक भएको छ । लिभरपुल दोस्रो स्थानको लेस्टर सिटी भन्दा ८ अंकले अघि रहेको छ ।
गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीले ब्राइटनलाइए २–० ले पराजित गर्दै लिभरपुललाई पछ्याइरहेको छ ।

लेस्टरको जितमा ६४ औं मिनेटमा अयोजे पेरेजले गोल गरे भने ८२ औं मिनेटमा पाएको पेनाल्टीमा जेमी भर्डीले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाएका हुन् ।

जितपछि दोस्रो स्थानमा कायम रहेको लेस्टर सिटीको १३ खेलबाट २९ अंक छ ।



सम्बन्धित
Loading...