साढे ६ लाख रुपैयाँसहित न्यूरोडबाट सात जना जुवाडे पक्राउ
न्यूरोडबाट साढे ६ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ परेका छन् । शनिबार राति काठमाडौं न्यूरोडस्थित रन्जना गल्लीबाट ती जुवाडेहरू जुवा खेल्दै गरेकाे अवस्थामा साे परिमाणकाे नगद रकमसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा रविन तामाङ, प्रदीप श्रेष्ठ, सुशीला श्रेष्ठ, रमेश थापा, चन्द्र लामा, कुमार केसी र सरुन तामाङ रहेका छन् । काठमाडौं प्रहरी परिसरका अनुसार जुवा सञ्चालक चन्द्र लामा रहेको खुलेको छ ।
उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।